काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षीको परिचय स्वीकार्न सकस परेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।
‘सदनमा नेपाली कांग्रेसबाट प्रदर्शित विचार, व्यवहारहरु संविधान र लोकतन्त्रका लागि बुझिनसक्नु छ। कांग्रेसका केही साथीहरुलाई आफ्नो परिचय प्रतिपक्षी भनेर मान्न सकस भएको छ। मन मानि रहेको छैन,’ ओलीले भने, ‘तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता पनि परेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।