• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुकुम्बासी हटाउन विभिन्न निकायको दैलो चहार्दै मेयर बालेन

64x64
धनु विश्वकर्मा मंगलबार, माघ २४, २०७९  ०६:५७
1140x725

काठमाडौं- गत मंसिर १२ गते सोमबार काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिए। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन बस्ती गरेर हटाउन खोजेपछि स्थानीयहरु खुकुरी लगायतका हतियार नै लिएर प्रतिकारमा उत्रिएका थिए। 

बस्ती खाली गर्न १० दिने सूचना जारी गर्दा पनि बागमती किनारका बासिन्दाले हट्न मानेका थिएनन्। त्यसपछि उनीहरुलाई बलपूर्वक हटाउन डोजर चलाउन खोजियो। तर डोजरलाई भने स्थानीयबासीले वस्तीमा छिर्न दिएनन्।

स्थानीयले टायर बालेर बाटो अबरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। अवस्था तनावग्रस्त भयो। विरोध प्रदर्शनका क्रममा ३३ जना नगर प्रहरी घाइतेसमेत भएका थिए। घर–टहरा भत्काउँदा पुग्ने क्षति आकलन गर्दै कतिपयले आफ्ना घर–टहराबाट झिटीगुन्टा समेत निकालेका थिए।  

सुकुम्बासी बस्तीमा आन्दोलन भएसँगै राष्ट्रिय भूमि आयोगले मंसिर १६ गते सूचना प्रकाशित गर्‍यो। तत्काल देशभरका भूमिहीन सुकुम्बासीलाई नहटाउन सूचना जारी गरिएको थियो।

‘अब आयोगले लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी गर्न र लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्म भूमिहीन सुकुम्बासीलाई नहटाउन सचेत गराइएको छ’, उक्त सूचनामा उल्लेख छ।  

सुकुम्बासी बस्तीमा भएको विरोध प्रदर्शन भएपछि महानगरको चौतर्फी आलोचना भयो। भूमि आयोगको सूचनासँगै महानगर रोकियो। त्यसपछि भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सुकुम्बासीलाई हटाउन विभिन्न निकायमा सहयोग मागिराखेका छन्। कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्रीसमक्ष सहयोगको अपिल गर्दै फनफनी घुमिराखेका छन् उनी। 

मेयर बालेन नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रहरी अनुसन्धान विभागसँग सहयोगका लागि गए। सुरक्षा निकायका अनुसार सुकुम्बासीलाई विकल्पविना हटाउन नसकिने बताइएको थियो। जनमानसमा ठूलो विद्रोह पैदा हुने देखेपछि सुरक्षा निकाय पछि हटेको जनाइएको छ। 

पुस १३ मा महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका अनधिकृत वस्ती हटाउन सहयोगका लागि पत्र जारी गर्यो। पत्रमा आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरिएको थियो। सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिन र समन्वयका लागि महानगरले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

गृह मन्त्रालयलाई महानगरले लेखेको पत्रमा भनिएको छ, ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भए तापनि सो सफल हुन सकेको अवस्था छैन।’

नयाँ सत्ता समीकरणसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी पाए। लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएसँगै बालेनले सुकुम्बासी हटाउन माग गरे। नयाँ सरकार बनेसँगै सुकुम्बासी हटाउन मेयर बालेन विभिन्न निकायमा धाइरहेका छन्।

१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिँदै गृहले हालको अवस्थामा वस्ती हटाउन नसकिने जवाफ दियो। गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बतायो।

१९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा नभने तापनि घुमाउरो पाराले वस्ती हटाउन अस्वीकार गरिएकोक थियो। तर महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पूरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख गरिएको थियो। 

Xtrem

Xtrem

‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्ड अनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहनेछ,’ पत्रमा उल्लेख छ, ‘उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पूरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारी सहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ।’

बालेन भने संघको साथ चाहियो भन्दै प्रधानमन्त्री निवास पुगे। माघ १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटमा काठमाडौंको अव्यवस्थित बसोबासी (सुकुम्बासी) समस्याको समाधान गर्न सहयोग मागेका थिए। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका मेयर बालेनले सुकुम्बासीको समस्या महानगरपालिकाको तहबाट मात्रै समाधान नहुने भएकाले संघीय सरकारको सहयोग मागेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी समस्या जटिल भए पनि समाधान गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न सरकार तयार रहेको आश्वासन दिए।

जेठ २६ गते सुकुम्बासी समस्या समाधानका लागि भन्दै उनले यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०६:५७
  • #काठमाडौं महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार साँझ उक्त सडक खण्डमा झन्डै १०० मिटर भाग चर्किएको र २० मिटर सडक खण्ड भासिएपछि सवारी आवागमन रोकिएको हो । शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला न्यायाधीशहरु हरिप्रसाद फूयाल र सुनिलकुमार पोखरेलको इजलासले सापकोटालाई गैरकानुनी थुनामा राखेकाले तत्काल थुनामुक्त गर्नुपर्ने माग गरेक... शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न चतुर्भुजले शुक्रवार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्