• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुकुम्बासी हटाउन विभिन्न निकायको दैलो चहार्दै मेयर बालेन

64x64
धनु विश्वकर्मा मंगलबार, माघ २४, २०७९  ०६:५७
1140x725

काठमाडौं- गत मंसिर १२ गते सोमबार काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिए। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन बस्ती गरेर हटाउन खोजेपछि स्थानीयहरु खुकुरी लगायतका हतियार नै लिएर प्रतिकारमा उत्रिएका थिए। 

बस्ती खाली गर्न १० दिने सूचना जारी गर्दा पनि बागमती किनारका बासिन्दाले हट्न मानेका थिएनन्। त्यसपछि उनीहरुलाई बलपूर्वक हटाउन डोजर चलाउन खोजियो। तर डोजरलाई भने स्थानीयबासीले वस्तीमा छिर्न दिएनन्।

स्थानीयले टायर बालेर बाटो अबरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। अवस्था तनावग्रस्त भयो। विरोध प्रदर्शनका क्रममा ३३ जना नगर प्रहरी घाइतेसमेत भएका थिए। घर–टहरा भत्काउँदा पुग्ने क्षति आकलन गर्दै कतिपयले आफ्ना घर–टहराबाट झिटीगुन्टा समेत निकालेका थिए।  

सुकुम्बासी बस्तीमा आन्दोलन भएसँगै राष्ट्रिय भूमि आयोगले मंसिर १६ गते सूचना प्रकाशित गर्‍यो। तत्काल देशभरका भूमिहीन सुकुम्बासीलाई नहटाउन सूचना जारी गरिएको थियो।

‘अब आयोगले लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी गर्न र लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्म भूमिहीन सुकुम्बासीलाई नहटाउन सचेत गराइएको छ’, उक्त सूचनामा उल्लेख छ।  

सुकुम्बासी बस्तीमा भएको विरोध प्रदर्शन भएपछि महानगरको चौतर्फी आलोचना भयो। भूमि आयोगको सूचनासँगै महानगर रोकियो। त्यसपछि भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सुकुम्बासीलाई हटाउन विभिन्न निकायमा सहयोग मागिराखेका छन्। कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्रीसमक्ष सहयोगको अपिल गर्दै फनफनी घुमिराखेका छन् उनी। 

मेयर बालेन नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रहरी अनुसन्धान विभागसँग सहयोगका लागि गए। सुरक्षा निकायका अनुसार सुकुम्बासीलाई विकल्पविना हटाउन नसकिने बताइएको थियो। जनमानसमा ठूलो विद्रोह पैदा हुने देखेपछि सुरक्षा निकाय पछि हटेको जनाइएको छ। 

पुस १३ मा महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका अनधिकृत वस्ती हटाउन सहयोगका लागि पत्र जारी गर्यो। पत्रमा आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरिएको थियो। सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिन र समन्वयका लागि महानगरले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। 

Ncell 2
Ncell 2

गृह मन्त्रालयलाई महानगरले लेखेको पत्रमा भनिएको छ, ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भए तापनि सो सफल हुन सकेको अवस्था छैन।’

नयाँ सत्ता समीकरणसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी पाए। लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएसँगै बालेनले सुकुम्बासी हटाउन माग गरे। नयाँ सरकार बनेसँगै सुकुम्बासी हटाउन मेयर बालेन विभिन्न निकायमा धाइरहेका छन्।

१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिँदै गृहले हालको अवस्थामा वस्ती हटाउन नसकिने जवाफ दियो। गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बतायो।

१९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा नभने तापनि घुमाउरो पाराले वस्ती हटाउन अस्वीकार गरिएकोक थियो। तर महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पूरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख गरिएको थियो। 

‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्ड अनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहनेछ,’ पत्रमा उल्लेख छ, ‘उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पूरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारी सहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ।’

बालेन भने संघको साथ चाहियो भन्दै प्रधानमन्त्री निवास पुगे। माघ १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटमा काठमाडौंको अव्यवस्थित बसोबासी (सुकुम्बासी) समस्याको समाधान गर्न सहयोग मागेका थिए। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका मेयर बालेनले सुकुम्बासीको समस्या महानगरपालिकाको तहबाट मात्रै समाधान नहुने भएकाले संघीय सरकारको सहयोग मागेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी समस्या जटिल भए पनि समाधान गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न सरकार तयार रहेको आश्वासन दिए।

जेठ २६ गते सुकुम्बासी समस्या समाधानका लागि भन्दै उनले यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०६:५७
  • #काठमाडौं महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी संस्थानले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगबाट आ.व. ०६२/७३ को स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम प्राप्त सहमति... शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेन–जी’ विद्रोहसम्म, इतिहासका विभिन्न... शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाल... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्