काठमाडौं– स्रोत नखुलेको २० लाख रुपैयाँ रकमसहित नेपाल प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको विश्रामपुर–४ का श्यामकिशोरप्रसाद साह रहेको प्रहरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
उनको साथबाट एक हजार दरका १६ सय थान र पाँच सय दरका ८०० थान नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।