काठमाडौं– बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भइ १ करोड १९ लाख बढी जरिवाना तोकिएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाइ नगरपालिका–१७ घर भइ काठमाडौंको शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझी छन्।
माझीलाई उच्च अदालत पाटनले २८ भदौ २०७९ मा बैंकिङ कसुरको मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले माझीबाट १ करोड १९ लाख ७३ हजार ६०० रुपैयाँ बिगो असुल गर्न आदेश जारी गरेको थियो।
अदालतको आदेशपछि पनि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका माझीलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।