• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसरी सुल्झिएला गृह मन्त्रालयको उल्झन?

64x64
नेपाल लाइभ बिहीबार, माघ १९, २०७९  १६:१०
1140x725

काठमाडौं– नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद र मन्त्री नै खारेज हुने फैसला गरेपछि विगत एक सातादेखि गृह मन्त्रालय मन्त्रीविहीन छ। नेतृत्वविहीन भएको एक साता बितिसक्दा समेत गृहको उल्झन सुल्टिन सकेको छैन।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको बटमलाइन अहिले नै गृह मन्त्रालय नछाड्ने छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिला पनि आफूले गृह लिएकाले अहिले पनि पाउनु पर्ने लबिइङ गरिरहेको छ। नेकपा एमालेले पनि रास्वपालाई नै पुनः गृह दिनुपर्ने जोड गरिरहेको छ।

यिनै उल्झन नसुल्टिँदा अन्य मन्त्रालयको क्षेत्राधिकारमा नपरेका कामहरु समेत गृहको क्षेत्राधिकारमा रहेने ‘पावरफुल’ र निकै संवेदनशील र मन्त्रालय अहिले प्रधानमन्त्रीकै पोल्टामा छ।

सत्ता निर्माणको हिसाबकिताब गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको शक्तिशाली मन्त्रालय सर्वोच्चको फैसलासँगै अहिले रास्वपाबाट खोसिएको छ। सुरुआती भागबण्डामा आफ्नो पार्टीले गृह पाएकाले अहिले पनि पाउनुपर्ने जबरजस्त दाबेदारी रास्वापाले कायमै राखेको छ।

गत शुक्रबार सर्वोच्च अदालतले नेपाली नागरिक नै नरहेको ठहर गरेपछि मन्त्री र सांसद दुवै पद गुमाएका लामिछानेले आइतबार पुन: प्रक्रिया पूरा गरेर नागरिकता लिएका थिए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेर तत्कालै आफूलाई गृहमन्त्रीको शपथ खुवाउन भनेका थिए। गृहमन्त्री नपाए सरकारबाट बाहिरिनेसम्मको चेतावनी लामिछानेले दिएका थिए।

चेतावनी दिए पनि अहिलेसम्म रास्वपाले सरकार भने छोडेको छैन। रास्वपाले बिहीबार केन्द्रीय कमिटी बैठक डाकेको छ। गृह मन्त्रालयबारे उत्पन्न विवाद कसरी हल गर्ने तथा सरकारबाट फिर्ता हुने वा रहिरहने भन्ने विषयमा छलफल हुनसक्ने संकेत देखिएको छ।

रास्वपाका सभापति लामिछानेले बैठकबाट बोल्ड निर्णय हुनसक्ने संकेतसहित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी  केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

यही विषयलाई लिएर अहिले रास्वपा दुई धारमा विभाजित छ। रास्वपाका एक केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने, ‘हामी त सुरुदेखि नै सरकारमा जानु हुन्न भन्ने लाइनमा थियौं। त्यहाँमाथि पार्टी सभापतिमाथि प्रश्न उठ्नु र अदालतको फैसलापछि गैरसांसद समेत भइसकेकाले उहाँलाई नै पुनः मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भएकाले सरकारमा सहभागी हुनुहुन्न भन्ने लाइन पार्टीमा अहिले पनि यथावत छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी सभापति रवि गैरसांसद भइसक्नु र प्रधानमन्त्री समेत सकारात्मक नभएपछि रास्वपाले डीपी अर्याल वा विराजभक्त श्रेष्ठलाई गृह मन्त्रालयमा पठाउने गरी भित्री रुपमा लबिइङ समेत गरिरहेको रास्वपा स्रोतले बतायो। रास्वपाको उक्त लबिइङ समेत पार लाग्ने अवस्था अहिले देखिँदैन।

माओवादी केन्द्रले रविको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय कसैलाई नदिने निर्णय गरेको छ। ‘प्रधानमन्त्री मात्रै हाम्रो हुने। गृह, अर्थ, परराष्ट्रजस्ता महत्त्वपूर्ण मन्त्रालयले अरुले लिने! त्यसमाथि सभामुख र राष्ट्रपति समेत अर्कै दलबाट हुँदा कमजोर प्रधानमन्त्री बन्ने भएकाले कुनै हालतमा पनि गृह नछाड्न’ भन्दै प्रचण्डमाथि दबाब भएको थियो। सोही अनरुप सर्वोच्चको पूर्णपाठ नआउन्जेलसम्म आफैंले गृह राख्ने निर्णय प्रचण्डले गरेका छन्। 

यता, सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले पनि सार्वजनिक रुपमै रविलाई पुनः गृहमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिइरहेको छ। 

एमाले अध्यक्ष केपी शर्माले ओलीले बिहीबार समेत रविलाई गृहमन्त्री बनाउनुपर्ने खालको अभिव्यक्ति दिएका छन्। ‘कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो। हामीले गृह मन्त्रालयको जिम्मेवारी उसलाई दिएका हौँ। त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो। त्यसअनुसार बनाएका हौँ,’ बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने, ‘फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो। हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेका एक नेताले पनि रास्वपाले नै गृहमन्त्री पाउनुपर्ने बताएका छन्। ‘छानबिनको क्रममा रहेको र गैरसांसद समेत भएकाले नैतिकताको कुरा आउँछ नै। त्यो कुरा रास्वपा तथा व्यक्तिमा भर पर्ने कुरा भयो। नत्र पहिला पाएको रास्वपाले नै हो । अहिले पनि यसैले पाउनुपर्छ’ एमालेका एक नेताले भने। 

सबैभन्दा ठूलो दल कांग्रेसको समेत समर्थन पाएकाले प्रचण्ड अहिले कम्फर्टेबल जोनमा छन्। रास्वपा र एमाले भने सफ्टकर्नर पोजिसनमा छन्। त्यसकै फाइदा उठाउँमा प्रचण्ड एमाले, रास्वपालाई पाखा लगाएर गृहमन्त्री आफ्नै पार्टीबाट बनाउन खोजेको भन्ने पनि विश्लेषण गरिन्छ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:१०
  • #रवि लामिछाने
  • #प्रचण्ड
  • #केपी शर्मा ओली
  • #गृह मन्त्रालय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्