काठमाडौं– बुधबार राति त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना क्यानडेली नागरिक पक्राउ परेका छन्।
दुबईबाट जहाजमा आएका यूएई मूलका क्यानडेली नाथगरिक मोहमद कमल मोहगोबलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।
उनको साथबाट ९ किलो १३६ ग्राम अवैध सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार मोहगोबले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारमा १ किलोभ्नदा बढी मात्राको सुन ल्याएका थिए।
साथै उनको साथबाट नीली आवरणमा रहेको वस्तु पनि बरामद गरिएको थियो। उक्त वस्तु पनि परीक्षणका क्रममा सुन भएको पाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।