काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन्।
उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधवार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै यस्तो बताएका हुन्।
उक्त कार्यक्रममा प्रधानमन्त्रीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछि सूचनाका हकबारे केही महत्वपूर्ण योगदान गरेको स्मरण पनि गरेका थिए। उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ। जतिधेरै जनताका सूसुचित हुन्छन् र पारदर्शीता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम गर्न सकिन्छ।’
उनले जनताको सूचनाको हक स्थापित र प्रवद्र्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहीनता हटाउन सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनैपर्ने बताएका थिए। ‘जतिधेरै सूचना सम्प्रेषण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यतिधेरै सुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ,’ उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।