• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मेरो चियाघरः लाल-बुझक्कडहरूको अखडा!

धीरज मैनाली शनिबार, माघ २१, २०७९  १२:३१
1140x725

सडक छेउमै रहेको मेरो चिया पसलमा अनेक मानिस आउँछन्/जान्छन्। चियाको चुस्कीसँगै अनेकथरी वर्तालाप गर्छन्, पीडा पोख्छन्, प्रेमालाप पनि गर्छन्। म सबैको कुरा ध्यानपूर्वक सुन्छु। कति कुरा बुझ्छु, कति कुरा नबुझेर अक्क न बक्क पर्छु।

गरिब मुलुकका धनी जनताको हालत कतै टाटोन्मुख भएको त होइन? मेरा ग्राहकको विरक्तिपूर्ण कुरा सुन्दा नेपाली त्यो पनि काठमाडौंबासी मानसिक पीडा तथा आर्थिक अभावले चरम अवस्थामा पुगेको संकेत पाउँछु। विरक्तिएका मानिसलाई राज्यले मतलब गरेन भनेको सुन्छु।

मेरो पसलमा चिया पिउन आउनेहरु भुईंमान्छे वर्गका हुन् अरे। उनीहरुलाई रोजगारी छैन अरे। शिक्षा र स्वास्थ्य सेवामा पहुँच छैन अरे। सबै कुरा माफियाको चंगुलमा गयो अरे। राज्यको नियन्त्रणमा रहनुपर्ने शिक्षा अनि स्वास्थ्य निजी क्षेत्रलाई सुम्पेर राज्य तेल बेचेर, ठेकेदारी गरेर बसेको छ अरे। शिक्षाको शुल्क आम मानिसको पहुँचभन्दा बाहिर जाँदा राज्य मौन छ अरे। सरकारी शिक्षा प्रणाली धराशायी छ अरे अनि निजीले जति शुल्क लिए पनि आँखामा पट्टि बाँधिएको छ अरे।

मेरा ग्राहक गफिन्छन्- नेपालको संविधानमा स्वास्थ्य सेवा नागरिकको मौलिक हक भनिएको तर स्वास्थ्य क्षेत्र निजीकरण उन्मुख छ। अस्पतालमा नैतिकताको खडेरी छ। बिरामीलाई अनावश्यक जाँच गराएर कमिसनको खेती हुन्छ। अनि भुईंमान्छे अस्पताल जाँदा लाखौँ खर्च लाग्छ भनेर रोग पालेर बसेका छन्। जथाभावी औषधिको प्रयोग बढेर किड्नी फेल हुनेको संख्या ह्वातै बढेको छ। तर कुनै नियमन छैन।

अस्पताल हुँदा बिरामीको घर-खेत जान्छ। निजी स्वास्थ्य सेवामा भुईंमान्छेको पहुँच छैन। रुनु अनि रोग पाल्नु नै नियति बनेको छ। राज्य संयन्त्रको बीमा कार्यक्रम छ तर पैसा सोधभर्ना नभएर सूचीकृत अस्पतालले सेवा नै दिँदैनन्- अर्का ग्राहक बोल्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेको ताजा चर्चा- एक जना व्यापारी तर अत्यन्त पीडित व्यक्तिले आत्मदाह गरे। कोही अनुसन्धानकर्ता जस्तो गरी विद्वता छाँट्छन्, कोही सहनुभूतिसहित प्रसंग उठाउँछन् भने कोही जे भए पनि आत्मदाह गर्नु नहुने भनेर रोष प्रकट गर्छन्। गफैगफमा अर्को एक टेबलबाट आवाज आयो- देश श्रीलंका जस्तै हुँदैछ। संघीयताले खर्च एकदमै बढेको छ। मन्त्री, सांसदको संख्या धेरै भएर राज्यको ढुकुटी रित्तिँदैछ। देश टाट पल्टदैछ। 

अर्को भित्ता छेउको टेबलबाट आवाज आयो- बैंकलाई कसैको नियन्त्रण टुटेको छ। जथाभावी ब्याजदर बढाएको छ अनि वार्षिक नाफा बढाएको छ। जनता चुसेको छ, आफू मोटाएको छ, जनतालाई आत्महत्या अनि आत्मदाह गर्न बाध्य बनाउनेमा बैंकको अनियन्त्रित ब्याजदर पनि हो। जनताको दैनिक जीवनमै बैंकको ब्यजदरले ठूलो असर पर्दा समेत राज्य गान्धारी भएको छ। बरु जनता मरुन् तर बैंकलाई नियन्त्रण नगर्ने नीति राज्य सञ्चालकको छ।

चिया गफाडी बोल्दै जान्छन्- बैंकको अनियन्त्रित ब्याजले गर्दा व्यवसाय बन्द हुँदैछन्। पैसाको क्रयशक्ति घट्दैछ अनि जनता दिनानुदिन गरिबी तथा मानसिक रोग उन्मुख हुँदै आत्मदाह तथा आत्महत्या उन्मुख भएका छन्। ब्याजदर एक अंकमा हुनु पर्ने मागलाई अनदेखा गर्दै नियमनकारी निकाय मौनव्रतमा छ। 

आफैंलाई धिक्कार्दै थिए एक मनुवा- यो राज्य कस्तो हगी? हवाई जहाज जस्तो सम्वेदनशील यातायात थोत्रो ल्याए पनि हुने! थोत्रो जहाज ल्याउन दिएर नागरिकको ज्यान लिने कस्तो राज्य हो? धिक्कार छ मलाई, कस्तो देशमा जन्मिएछु! 

मेरा ग्राहकको चिन्ता छ- सरकार अनियन्त्रित महँगी, भ्रष्टाचार, ब्याजदर, बेथिति, स्वास्थ्य तथा शिक्षाको सेवाशुल्क, नैतिक पतन, व्ययभार, व्यापार घाटा तर राज्यविलासी सामग्री आयातमा रोक लगाउँदैन। देश भित्रका साधन-स्रोतको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिँदैन। बिजुलीको सवारीमा कर थोपर्छ। यसरी देश कहाँ पुग्छ?

कोही-कोही आशावादी पनि देखिन्छन्- हरेक निराशापछि नयाँ सरकार आएको छ, केही राम्रो नीति लिइपो हाल्छ कि! बैंकको ब्याज, महँगी, अनियमितता नियन्त्रण गरी लोककल्याणकारी राज्य बनाउन पहल गर्छ कि! नयाँ सोचसहित नयाँ पार्टी आएका छन्, उनीहरुले निराशाको कालो बादल हटाएर यो देश बस्न लायक, बाँच्न लायक बनाउँछन् कि! देश माफियाको नियन्त्रणबाट हटिपो हाल्छ कि!

जे-जस्ता कुरा भए पनि मेरो चाहना भने, दूधको भाउ घटोस्, चिया बनाउने सबै सामान सस्तोमा पाइयोस् र मेरो पसलमा चिया पिउने ग्राहकको कमी कहिल्यै नहोस्, यत्ति हो।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्