काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताएका छन्।
मंगलबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताए।
उनले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनियता बढाउन पनि जरुरी रहेको बताएका हुन्। मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड अकाउन्टेन्टहरुको महत्वपूर्णं भूमिका रहने बताए।
उनले चार्टर्ड अकाउन्टेन्टहरु निजी, सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले अकाउन्टेन्टहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताएका हुन्।
उनले हिसाबकिताब पारदर्शीता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसाबकिताब पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको
बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।