काठमाडौं– अडाणी समूहका संस्थापक गौतम अडाणी विश्वका सबैभन्दा १० धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन्।
अमेरिकी वित्तीय फर्म हिडनबर्ग रिसर्चका अनुसार अडाणी समूहमा वित्तीय अनियमिततासँग जोडिएको गम्भिर आरोप लागेपछि कम्पनीका सेयरमा भारी गिरावट आइरहेको छ।
जसको असर अडाणीको निजी सम्पत्तिमा पनि परेको बीबीसीले जनाएको छ। पछिल्लो केही दिनमा नै विश्वका पाँच सबैभन्दा ठूला धनीको सूचीबाट बाहिरिएका उनी मंगलबार भने १० धनीको सूचीबाट पनि बाहिरिएका छन्।
अहिले अडाणी ११औं नम्बरमा रहेका छन्। यो सूची आज मात्रै अपडेट गरिएको हो। यद्यपि, फोर्ब्सको अर्बपतिको सूचीमा भने उनी आठौं नम्बरमा रहेका छन्। मंगलबार सेयर बजारको सुरुवाती कारोबारमा अडाणी इन्टरप्राइजेजको सेअरमा दुई प्रतिशत उछाल देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।