काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँले घटेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार पनि सोमबारको जस्तै चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। सोमबार पनि चाँदीको मूल्यमा कुनै फेरबदल आएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।