काठमाडौं– नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँ क्याम्पेन सुरूआत गरेको छ।
पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खाने कुराहरुको स्वाद अझै लिनका लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि नयाँ क्याम्पेन सुरूआत गरेको हो।
यो क्याम्पेनको एउटा भागको रुपमा नयाँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ। जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन्।
जनकपुरमा छायांकन गरिएको यो टिभिसीमा त्यहाँको स्थानीय संस्कृति र खाने कुरालाई देखाइएको छ।
यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ। यो भन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा युवाहरुलाई रिफ्रेस्ड बनाउने पेय पदार्थको रुपमा आफुलाई प्रस्तुत गर्ने गर्थ्यो।
यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ।
नेपाली युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन्। यो नयाँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए।
‘यो क्याम्पेनलाई लिएर हामी धेरै उत्साहित छौँ र हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले पनि आफ्नो मन पर्ने पिरो खानेकुरासँग स्प्राइटको भरपुर मजा लिनुहुनेछ,’ उनले भने।
गत वर्ष स्प्राइटले अझ रिफ्रेशिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो। जुन उपभोक्ताहरुको रोजाइ अनुसारको परिमाणमा उपलब्ध छ।
अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजीबी बोतल (रिटर्नेबल ग्लास बोतल) तथा २५० मिलि, ५०० मिलि, १ लिटर र १.५ लिटर २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।