काठमाडौं– नेपालकै पहिलो अटोमेटेड स्टील म्यानुफ्याक्चरिङ् कम्पनी, जगदम्बा स्टील्सद्वारा जगदम्बा सुपरसाइन र ग्याल्भा प्लस (प्रिमियम आल्मुनियम–जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स)को अन्तर्राष्ट्रिय निर्यातको निरन्तरता घोषणा गरेको छ।
कम्पनीले आफ्ना उच्च गुणस्तरीय उत्पादन तथा सेवाप्रति उपभोक्ताको विश्वासका लागि धन्यवाद ज्ञापन गरेको छ।
जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम आल्मुनियम–जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स जसलाई ग्याल्भालुम पनि भनिन्छ। यसमा उत्पादनको टिकाउपना र आयु बढाउने कार्यमा सघाउन ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र बेस मेटलमाथि १.५ प्रतिशत सिलिकनको प्रयोग गरिएको हुन्छ।
स्टील उत्पादनको निर्माणमा रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल तथा वायर प्रडक्ट्ससम्मका रेन्जमा २ दशकभन्दा लामो समयको सफलतापश्चात जगदम्बा स्टील्सले नेपाल विकासको साझेदारको भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
जगदम्बा स्टील्सले स्टील उत्पादनका क्षेत्रमा गुणस्तरका लागि सधैँ नै मानक स्थापना गर्दै आइरहेको छ। साथै, कम्पनीले कर्मचारी, समुदाय र उत्पादन सुरक्षार्थ दिगो उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको छ।
जगदम्बा स्टील्सले जगदम्बा सुपरसाइन र ग्याल्भा प्लसको निर्यात रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, ईटाली र म्यानमारमा गर्दै आइरहेको छ। यसका साथै, जगदम्बा स्टील्सले साउथइस्ट एसिया, मिडल ईस्टर्न कन्ट्रिज र साउथ अफ्रिकामा तेस्रो देशीय निर्यातको थालनी पनि गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।