काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने बताइएको छ।
पदाधिकारी बैठक सोमबारदेखि सुरु भएको हो। सोमबार स्थायी कमिटी बैठक पनि बोलाइएको थियो। तर पदाधिकारी बैठक बोलाएपछि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।