काठमाडौं– टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागसिप स्मार्टफोनमा दुई सय ४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ।
जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । योसँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ।
कटिङ एज चार्जिङ सोलुसनयुक्त यो नयाँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरूलाई राम्रो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस दुई सय ४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्ने बताइएको छ।
रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबलसमेत ल्याउँदै छ, जुन मोबाइल उद्योगमै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको रहेको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।