काठमाडौं– नयाँ राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो।
आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि चैत ३ गते, शुक्रबारका लागि मिति तय गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले सोमबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।
आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिवमार्फत् नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।