काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ३०० रुपैयाँले बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
अघिल्लो साताको बिहीबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो। शुक्रबार भने सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो।
सोमबार चाँदीको मूल्य भने स्थीर रहेको छ। आइतबारजस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबार भने चाँदी मूल्य तोलामा १५ रुपैयाँ घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।