काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। सोमबार स्थायी समितिको बैठक आह्वान गरेको भए पनि आकस्मिक रुपमा बैठक स्थगित गर्दै पदाधिकारी बैठक बोलाइएको हो।
पछिल्लो समय देखा परेको राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनबारे थप रणनीतिक योजनाका लागि बैठक आह्वान गरिएको बुझिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् निवर्तमान गृहमन्त्री रवि लामिछाने नागरिकता प्रकरणमा सांसद पदबाट निलम्बित भएसँगै गृह मन्त्रालयसमेत माओवादी केन्द्रले राख्ने योजना बनाएको छ।
माओवादी केन्द्रको स्थायी समिति बैठक भने मंगलबार बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।