काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) सूचनाको हकसम्बन्धी विषयमा सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भएका छन्।
सूचना वर्गीकरण समितिले कुन सूचना दिने र कुन नदिने भन्ने सम्बन्धमा गरेको निर्णयका सम्बन्धमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।
गत पुस १० गते प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सूचना वर्गीकरण समितिले गत पुस १२ गते कुन सूचना दिने वा नदिने भनेर निर्णय गरेको थियो।
सम्बन्धित उच्च नेतृत्वलाई कुनै जानकारी नै नदिई समितिले गरेको निर्णयले समस्या पार्ने भन्दै प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।