काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई निरन्तरता दिने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको बैठकले सभापतिमा पुन: लामिछानेलाई नियुक्त गर्दै संगठन विस्तारमा केन्द्रित हुने निर्णय लिएको हो।
पहिलो बैठकबाट लामिछानेलाई सभापतिमा नियुक्त गरेपछि उनकै सभापतित्वमा अर्को बैठक बसेको थियो। बैठकले संगठन विस्तारको स्थगित कार्यतालिका पुन : सुरु गर्ने निर्णय लिएको महासचिव मुकुल ढकालले जानकारी दिए।
माघ २१ गते गण्डकी प्रदेशको विस्तारित बैठकबाट संगठन विस्तार सुरु हुनेछ। त्यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै प्रदेश १ मधेश र बागमती प्रदेशमा संगठन विस्तार गरिने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।