काठमाडौं– रवि लामिछानेले नेपाली राहदानी फिर्ता गरेका छन्। नेपाली नागरिकता पुनः प्राप्त गरेपछि उनले राहदानी फिर्ता गरेका हुन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन लिएर लामिछानले नेपाली नागरिकता पुनः प्राप्त गरेका थिए। त्यसपछि राहदानी विभाग त्रिपुरेश्वर पुगेर लामिछानेले कायम नभएको बेलाको नागरिकता प्रयोग गरेर लिएको राहदानी फिर्ता गरेका हुन्।
लामिछानेले अमेरिकी पासपोर्ट फिर्ता नगरी नेपाली राहदानी बनाएको समेत आरोप लागेको छ। यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत गरिरहेको छ। दोहोरा राहदानी लिन नपाइने व्यवस्था विपरीत कायम नै नरहेको नागरिकताको प्रयोग गरेर लामिछानेले राहदानी लिएको आरोप लागेको छ।
नेपाली नागरिकता पुनः प्राप्त नगर्दै सांसद समेत बनेर गृहमन्त्री बनेका लामिछानेको सांसद र मन्त्री दुबै पद खारेज हुने फैसला सर्वोच्चले गत शुक्रबार गरेको थियो। त्यसपछि लामिछानेले आइतबार निवेदन लिएर नागरिकता लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।