काठमाडौं– शाहरुख खान अभिनित फिल्म ‘पठान’ यतिबेला चर्चामा छ।
भारत लगायत विश्वभर फिल्मले कति कमाइ गरेको छ भन्ने आँकडा पनि सार्वजनिक भएको छ।
शाहरुख खानको फिल्मले भारतमा २ सय करोडभन्दा माथि कमाइ गरे पनि विश्वभर ४ सय करोडको आँकडा पार गरेको छ।
व्यापार विश्लेषक रमेश बालाका अनुसार ‘पठान’ले चौथो दिन भारतमा करिब ५२ करोड रुपैयाँ संकलन गर्यो। फिल्मले अनपेक्षित व्यापार गर्ने विश्लेषकहरूको भनाइ छ। शाहरुख पाँच वर्षपछि पर्दामा फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।