काठमाडौं– नाबालिका बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट धरौटीमा छाड्न आदेश पाएका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालत जाने तयारी गरेको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले आफूहरु सर्वोच्च जाने अन्तिम तयारीमा रहेको बताए। ‘उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने निर्णय भइसक्यो। भोलि या पर्सी जान सक्छौँ,’ उनले भने।
पुस २८ गते उच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। न्यायाधीशहरु ध्रुवराज नन्द र रमेश ढकालको इजलासले आदेश दिएको भोलिपल्ट लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए। उनलाई विदेश जान भने रोक लगाइएको छ।
त्यसअघि कात्तिक १८ मा काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम टुंगो नलागुञ्जेल थुनामा राख्न आदेश दिएको थियो। आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
लामिछानेमाथि एक युवतीलाई भदौ ५ मा तिलगंगास्थिति एक होटलमा बलात्कार गरेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।