काठमाडौं– अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार साँझ काठमाडौं आउँदै छिन्। उनी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि हुन लागेको यो पहिलो उच्च स्तरीय विदेशी नेताको भ्रमण हो।
मन्त्री नुल्याण्डले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याल, सत्तासाझेदार दलका प्रमुख नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।
नुल्याण्डले पत्रकारहरुसँग छलफल गर्ने पनि कार्यतालिका रहेको छ। मन्त्री नुल्याण्डको २ दिने नेपाल भ्रमणको कार्यतालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।