काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकाल्दै दोस्रो स्थानको रियल म्यड्रिडसँगको अंक दूरी बढाएको छ।
शनिबार राति भएको खेलमा जिरोनालाई १–० गोल अन्तरको साँघुरो जित निकाल्दै बार्सिलोनाले रियलसँग ६ अंकको दूरी बढाएको हो। बार्सिलोना यसअघि ३ अंकलेमात्र अगाडि थियो, अब ६ पुगेको छ।
बार्सिलोनाको जितमा मिडफिल्डर पेड्रीले निर्णायक गोल गरे।
पेड्रीले डिफेन्डर जोर्डी अल्बाको पासमा खेलको ६१ औं मिनेटमा गोल गरेका हुन्।
यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ। दोस्रो स्थानको रियलको ४१ अंक छ। रियल ला लिगाको साविके विजेता हो।
पराजित जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।