काठमाडौं– वाह अलैंची अभियानले अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरूसहितको पहिलो रेसिपी बुक सार्वजानिक गरेको छ।
नेपालको विशिष्ट उत्पादन मानिने अलैंचीको यो पहिलो रेसिपी किताब भएको बताइएको छ।
पुस्तकमा मास्टरशेफ सन्तोष साह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएको अभियानले शनिबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
साथै रेसिपी बुकमा सेकुवा, चिया र खीरजस्ता सदाबहार व्यञ्जनहरूका लागि आवश्यक मसला तयार गर्ने विधि पनि समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।