काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ।
शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
‘हाम्रो संगठन र त्रिबिबीचमाभएको सहमतिअनुसार पूर्ण समानपातिक निर्वाचन प्रणालीमार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणसहित जोडदार माग गर्दछौं,’ पत्रमा भनिएको छ।
संगठनले स्ववियुको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।