काठमाडौं– रवि लामेछानेको पक्षमा काठमाडौंमा पदर्शन भएको छ। सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेर उनीमाथि अन्याय गरेको भन्दै उनको पक्षमा शनिबार काठमाडौंमा प्रदर्शन भएको हो।
काठमाडौंको माइतीघरमा भेला भएका प्रदर्शनकारीले लामिछानेको पक्षमा र अदालतको फैसलाको विपक्षमा नारा लगाएका थिए।
देश बनाउने अभियानमा लागेकै कारण उनलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ।
सर्वोच्चले शुक्रबार नागरिकतासम्बन्धी विवादमा मुद्दामा लामिछाने सांसद पदमा रहन योग्य नभएको फैसला गरेको थियो।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासले पदबाट बर्खास्त गर्न आदेश दिएको थियो।
सोहीअनुसार लामिछानेले शुक्रबार साँझ नै उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
लामिछानेले अमेरिकी नागरिकता लिँदा र त्याग्दा नेपालको कानुन नमानेको सर्वोच्चको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।