काठमाडौं– गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेदवारी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले लिएका छन्।
राष्ट्रपति कार्यालयद्वारा शनिबार जारी सूचनामा लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएकाले प्रचण्डलाई जिम्मेवारी तोकिएको उल्लेख छ।
नागरिकता मुद्दामा दोषी ठहर भएपछि लामिछानेले सांसद र मन्त्री पद गुमाएका थिए। सर्वोच्च अदालतको शुक्रबारको फैसलामा उनले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।