काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति सहानुभूति प्रकट गरेका छन्।
सांसदसमेत रहेका राउतले लामिछाने सरकार र संसद् दुवैमा आशाको केन्द्र रहेको प्रतिक्रिया दिएका छन्।
‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक अजेन्डाविपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो,’ उनले ट्विटरमा लेखेका छन्, ‘बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो।’
सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद पनि गुमाएका छन्।
फैसला आएको केहीबरेपछि नै उनले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।