काठमाडौं– रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने बताएका छन्।
सर्वोच्च्च अदालतले सभापति लामिछानेविरुद्ध गरेको फैसलाबारे उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।
‘सो समयसम्म सम्पूर्णमा संयमताका साथ धैर्य धारण गर्दै पार्टीप्रति विगतमाभन्दा अझ धेरै साथ, सहयोग र विश्वास कायम राखिराख्न अनुरोध गर्दछौँ,’ पार्टी प्रवक्तासमेत रहेका उनले फेसबुकमा लेखेका छन्।
सर्वोच्चले शुक्रबारमात्रै लामिछानेको सांसद पद खारेजी गरिदिएसँगै उनले उपप्रधान तथा गृहमन्त्री पनि गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।