काठमाडौं– रवि लामिछानेको पद खारेज भएसँगै उनका समर्थकहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। लामिछानेको सांसद पद खारेज भएको सूचना पाउनेबित्तिकै उन समर्थकहरुले सर्वाेच्च अदालत अघाडि चर्काे नारा लगाएका थिए।
सर्वाेच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरूविरुद्ध चर्काे नारा लगाउँदै विरोध प्रदर्शन गरेका समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, लामिछानेको पक्षमा नारा–जुलुस गर्नेहरू काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परिरहेका छन्।
शुकबार सर्वाेच्चको संवैधानिक इजलासको फैसलाले गृहमन्त्री लामिछानेको पद खारेज गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।