काठमाडौं– सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले प्रतिक्रिया दिएका छन्। आफू प्रतिक्रियाविहीन रहेको भन्दै गृहमन्त्रालयको गेटबाट केही प्रतिक्रिया दिए।
सञ्चारकर्मीले गरेका प्रश्नमा उनले आफू अनागरिक रहेकाले प्रश्नको उत्तर दिन नसक्ने जनाए।
सर्वोच्चले उनको नेपाली नागरिकता गैरकानुनी ठहर्याउँदै शुक्रबार सांसद् पद बदर गरेको छ। उनको नेपाली नागरिकतामा प्रश्न उठेका कारण गृहमन्त्री पनि निरन्तर हुन पाउने छैनन्।
लामिछाने र उपस्थित पत्रकारबीच प्रश्नोत्तर :
प्रश्न : सर्वोच्चको फैसलापछि तपाईंको प्रतिक्रिया के छ?
रवि लामिछाने : तपाईंले अनागरिकलाई प्रश्न सोधिरहनुभएको छ। कसलाई प्रश्न सोध्नुभएको थाहा छैन। यो प्रश्नको उत्तर म के दिउँ!
प्रश्न : त्यसअघि नेपालको गृहमन्त्री हुनुहुन्थ्यो नि!
रवि लामिछाने : यतिखेर अनागरिक छु। अनागरिकलाई के प्रश्न गर्नुहुन्छ?
प्रश्न : सर्वोच्चको फैसलालाई के गर्नुहुन्छ?
रवि लामिछाने : स्वागत गर्छु। स्वीकार गर्छु। सर्वोच्च अदालतभन्दा माथिल्लो निकाय छ र? अरु प्रश्नमा के उत्तर दिउँ!
प्रश्न : रास्वपाको अध्यक्षका रुपमा...
रवि लामिछाने : अध्यक्ष छैन। म केही पनि रहिनँ। कोही पनि होइन। तपाईंले कसलाई प्रश्न सोध्नुभएको?
प्रश्न : जनताले माया गरेको व्यक्ति त हो नि? रास्वपाको सभापति को हो?
रवि लामिछाने : थाहा भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।