काठमाडौं– निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन् सर्वाेच्च अदालतको फैसलापछि उनी गृह मन्त्रालयबाट बाहिरिएका हुन्।
शुक्रबार सर्वाेच्च अदातलको संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहने ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो। यससँगै उनलको मन्त्री पद पनि स्वतः खारेज भएको छ।
गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गरेका थिए। सो क्रममा उनले सर्वोच्चको फैसलाले आफू अनागरिक भएकाले अनागरिकसँग कुरा नगर्न भनेका छन्।
उनले भने, ‘तपाईँहरु एउटा अनागरिकहरुलाई प्रश्न सोधिरहनु भएको छ। म कहाँको नागरिक हो र? कसलाई प्रश्न सोध्नु भएको हो? त्यो नै थाहा छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।