काठमाडौं– केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले सम्मान गरेको छ। राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो।
आर्थिक वर्ष २०७८–७९ मा त्यस कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा स–सम्मान प्रशंसा पत्र प्रदान गरिएको थियो।
साथै, भन्सार कार्यालयले विगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षा गरेको बताएको छ। स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता ब्रान्ड उत्पादन गर्ने कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।