काठमाडौं- क्रिकेट एशोसिएन नेपाल (क्यान)ले त्रिदेशीय सिरिजका लागि क्लोज क्याम्पका लागि खेलाडीहरूको नामसूची सार्वजनिक गरेको छ। २८ जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।
नाबालिका बलात्कारको आरोप लागेका तर, भर्खरै हिरासतमुक्त पूर्वकप्तान सन्दीप लामिछाने उक्त सूचीमा अटाएनन्। सोही प्रकरणमा नाम जोडिएका खेलाडी देव खनाल समेत उक्त सूचीमा छैनन्।
यसैगरी, केही दिनअघि सम्पन्न टी २० लिगमा स्पट फिक्सिङको आरोप लागेका मोहम्मद आदिल आलमलाई क्यानले समेटेको छैन।
नेपाल-नामिबिया-स्कटल्यान्डको त्रिदेशीय सिरिज फागुन २ गते सुरु हुनेछ। नेपालको कीर्तिपुरस्थित क्रिकेट मैदानमा फागुन ९ गतेसम्म उक्त सिरिज हुनेछ।
यस्तो छ बन्द प्रशिक्षणमा रहनेको सूची :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।