• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

स्वर्ग एउटा मिथक हो, नेपाल वास्तविक हो!

डा निर्मल कँडेल मंगलबार, माघ १७, २०७९  ०६:५४
1140x725

‘स्वर्ग मिथक/कल्पना हो, नेपाल वास्तविक हो'  (हेभेन इज ए मीथ, नेपाल इज रियल)’ भन्ने वाक्यांश सन् २०१६ देखि प्रयोगमा हुँदै आएको छ। यद्यपि, सन् २०१९ मा नेपालले नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु गरेपछि यो वाक्यांश लोकप्रिय भयो। धेरै लेखक, पर्यटक, यात्राप्रेमी र ब्लगरहरूले यसलाई उल्लेख गर्दै आएका छन्।

गत वर्षदेखि मैले सामाजिक सञ्जालमा उपलब्ध नेपालका मनमोहक तस्बिरहरू मध्येको एउटा आफ्नो दैनिक ट्विटमा यो वाक्यांश प्रयोग गर्न थालेको हुँ। मेरो नेटवर्कमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु नै यसको मुख्य उद्देश्य हो।

यसबाट अपेक्षित परिणाम भनेको मेरा केही विदेशी साथीहरू र सहकर्मीहरूको ध्यान केन्द्रित गरी नेपालमा आफ्नो बिदा मनाउने योजना बनाउन् भन्ने हो। यसरी हरेक वर्ष दुई/तीन परिवार नेपाल आउने हो भने हाम्रो पर्यटन उद्योगमा सकारात्मक योगदान पुग्नेछ।

Nirmal_Kandel1675054817.jpg
डा निर्मल कँडेल

मैले ट्विट गर्न वर्षमा लगभग १००० मिनेट खर्च गर्नुपर्छ। कल्पना गरौं, यदि २० लाख नेपालीले कम्तीमा एक वा दुई परिवारलाई नेपाल भ्रमण गर्न प्रभाव पार्न सफल भए भने हामीले हरेक वर्ष लगभग ८० देखि १ करोड २० लाखसम्म पर्यटकहरूलाई नेपालतर्फ आकर्षित गर्न सक्छौं र यसले दीर्घकालमा अति तीव्र दरको वृद्धि (स्नोबल प्रभाव) पार्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन।

कोभिड–१९ का कारण धेरै चुनौती सिर्जना भएका छन्, तथापि एक दिन हाम्रो सामूहिक प्रयासले हामी हाम्रो लक्ष्यहरूमा पुग्न सक्छौं। यदि हामीले हाम्रो अर्थतन्त्रमा योगदान गर्न सक्यौं भने, चाहे त्यो एक अंश वा लाखौं नै किन नहोस्, यसले ठूलो फरक पार्न सक्छ।

मैले यस किसिमको पोस्ट गर्न थालेदेखि मैले केही चासो बढेको महसुस गर्दै आएको छु। केही सहकर्मी र साथीहरूले मलाई छिट्टै नेपाल भ्रमण गर्ने योजना रहेको बताए। ‘निर्मल, तिमीले पोस्ट गरेका तस्बिरहरू लोभलाग्दा छन्’, भन्दै धेरैले मलाई भ्रमण गर्नको लागि सबैभन्दा उत्तम महिनाका बारेमा सोधे।

त्यसैले उनीहरू नेपाल भ्रमणमा आउँदा म यसलाई सफल ठान्नेछु। तर, सामाजिक सञ्जालमा केही स्वदेशी मित्रहरूले ‘मिथ’ को अर्थ नबुझी उक्त वाक्यांशको खिल्ली उडाउन थाले।

केहीले खाल्डाखुल्डी, भत्किएका सडकका तस्बिरहरू पोस्ट गरे र ‘के नेपाल स्वर्ग हो?’ भन्ने ट्यागको साथ हिमाल र पहाडको जीवन कष्टकर छ भनेर टिप्पणीहरू पोस्ट गरे। हामीमध्ये धेरैलाई थाहा छ, सामाजिक सञ्जालको बहस कहिलेकाहीँ निरर्थक हुन्छ तर यस्ता सन्देशहरूलाई बेवास्ता गर्नु नै उत्तम समाधान हो।

Ncell 2
Ncell 2
nimb
nimb

कसैले पनि स्वर्ग देखेको छैन भनेर व्याख्या गर्ने केही उत्कृष्ट समर्थन ट्विटहरू मैले भेट्टाएँ। स्वर्ग भनेको के हो हामीलाई थाहा छैन, तर नेपाल वास्तविक हो। ‘वास्तविक वा यथार्थ’ को अर्थ प्राकृतिक हो र पौराणिक होइन। अक्सफोर्डले ‘मिथक’लाई ‘परम्परागत कथा, विशेषगरी मानिसहरूको प्रारम्भिक इतिहास वा प्राकृतिक वा सामाजिक घटनाको व्याख्या गर्ने र सामान्यतया अलौकिक प्राणीहरू वा घटनाहरू समावेश भएको’ अथवा ‘व्यापक रूपमा आयोजित तर गलत विश्वास वा विचार’ को रूपमा परिभाषित गर्दछ।

म हाम्रो देशलाई त्यो परम्परागत कथा र गलत विचारसँग तुलना गर्न चाहन्नँ।

यस लेखमा नेपाल भ्रमण गर्नुको कारणबारे केही उल्लेख गरिएको छैन। तर हामीले विश्वलाई यो हिमालयको देश र बुद्धको जन्मस्थल मात्र नभइ धेरै कुराले सम्पूर्णता भएको भूमि हो भन्ने जानकारी गराउनुपर्छ। यसरी जानकारी दिन सकिने हामीसँग धेरै चिजहरू छन्– उदाहरणका लागि समृद्ध सांस्कृतिक सम्पदा, आदिवासी र जनजातिहरूको विशिष्ट कला, संस्कृति र चाडपर्वहरू, विभिन्न प्रकारका रैथाने र आगन्तुक चरा-चुरुङ्गी र जनावरहरूको विविधतायुक्त भएका वन्यजन्तु आरक्षहरू, परम्परागत खाना र पेय पदार्थहरू, साहसिक खेलहरू (र्‍याफ्टिङ, क्यानोइङ, बाइकिङ, जम्पिङ, प्याराग्लाइडिङ आदि) र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको लागि धार्मिक पर्यटन।

नेपालका प्रत्येक जिल्लामा केही न केही आकर्षण छन् र हामीले तिनको पहिचान, विकास र प्रवर्द्धन गर्न आवश्यक छ।
नेपाल स्वर्ग होइन; यो वास्तविक हो र यसैले हाम्रो पर्यटन अभ्यास र उद्योगहरू वास्तविकतामा विकसित भइरहेका छन्। आजकल हाम्रा पर्यटन उद्यमीहरू पनि आन्तरिक पर्यटकहरूको लागि अनुकूल बन्दै गएका छन्, जुन विगतमा थिएन।

Xtrem

Xtrem

कोभिड–१९ महामारीको एउटा महत्वपूर्ण पक्ष आन्तरिक पर्यटनमा भएको वृद्धि हो। परिणाम स्वरूप आन्तरिक पर्यटकहरूले आफ्नो पर्खालबाहिर पो हरियाली छ भनेर चिन्न थाले। 

हालसालै म आफ्नो परिवारसँग पोखरामा थिएँ र मैले देखेको कुरा कोभिड–१९ अघिको समयभन्दा विल्कुलै फरक थियो, जब पूरै सहर विदेशीले भरिएको थियो। यसपटक, सहर खाली थिएन र त्यहाँ पर्यटकहरू भरिएका थिए, तर लगभग ८० प्रतिशत नेपाली पर्यटकहरू थिए भने केही भारतीय, चिनियाँ र बाँकी विश्वका अन्य मुलुकका थिए।

मैले पर्यटन उद्यमीहरूको व्यवहार र मनोवृत्तिमा आमूल परिवर्तन देखेँ, जो विगतमा आन्तरिक पर्यटकहरूका लागि विरलै मिलनसार र सम्मानपूर्ण व्यवहार गर्ने उनीहरू न्यानो स्वागतयोग्य व्यवहार गर्न थालेका छन्।

तिनीहरूले विदेशीहरूलाई मात्र प्राथमिकता दिएको र धेरै आन्तरिक पर्यटकहरूसँग अशिष्ट व्यवहार गरेको कुरा सम्झनुहोस्। आजकल, शायद पैसाको कुरा होला, आन्तरिक पर्यटकहरूले विदेशीहरूको तुलनामा पर्यटनमा बढी पैसा खर्च गर्छन्। म यस्ता उद्यमीहरूलाई दोष दिन्नँ, तर आन्तरिक पर्यटकहरूले पनि होटल शिष्टाचार कायम राख्न्, पर्यटक सेवाहरूको सम्मान गर्न र पर्यटन स्थलहरूको संरक्षणमा सहयोग गर्न आवश्यक छ।

‘स्वर्ग मिथक हो, नेपाल वास्तविक हो’ भन्ने नारा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि हो। हामीमध्ये धेरैलाई देशका सबै आकर्षणको बारेमा थाहा छैन। आन्तरिक पर्यटकहरूलाई सूचित गर्न र आकर्षित गर्न सक्ने जिल्लाहरू, प्रदेशहरू वा गाउँहरूबाट तस्बिरहरू, घटनाहरू, भिडियोहरू, पूर्वाधारहरू, आकर्षणहरू र लेखहरू आदान प्रदान गर्ने हाम्रो साझा दायित्व हो।

यसले सरकार र पर्यटन उद्योगलाई पर्यटनका लागि आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिन मद्दत गर्न सक्छ।यहाँ धेरै अवसरहरू र आकर्षणहरू छन् जसबाट देशले लाभ उठाउन सक्छ।

चन्द्रागिरि हिल्सको उदाहरण हेरौं जुन कुनै समय धेरैले नचिनेको गन्तव्य थियो। यो अहिले केवलकारका कारण लोकप्रिय गन्तव्य बनेको छ। पर्यटन व्यवसाय विकास भइरहेको छ। हामीले आवश्यक पूर्वाधार र सुविधाहरू विकास गर्न लक्जरी पर्यटनलाई बढावा दिन आवश्यक छ। दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, सहरमा तारे होटलको चेन, होमस्टेहरू, नयाँ पर्यटकीय स्थल, सांस्कृतिक अभ्यास र साहसिक खेल प्रतिबिम्बित गर्ने कार्यक्रमहरू पर्यटन उद्योगका लागि क्रमसः आइरहेका छन्।

हामीले लक्जरी पर्यटनलाई बढावा दिन यी आकर्षण र सेवाहरूको गुणस्तर कायम राख्नुपर्छ, जहाँ पर्यटकहरूले हजारौं डलर खर्च गर्न सक्दछन्। आउनुहोस्, बाँकी विश्वको अन्वेषण गर्नुभन्दा पहिले हामी आफ्नै देशको आकर्षणको अन्वेषण गरौं। हामीले खर्च गर्ने प्रत्येक पैसाले हाम्रो स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।

डा कँडेल स्विट्जरल्याण्डको जेनेभामा कार्यरत मेडिकल इपिडेमोलोजिस्ट तथा मानवशास्त्री हुन्। यो लेख गजेन्द्र बुढाथोकीले अनुवाद गरेका हुन्।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट होटल सङ्घ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई तीन महिनासम्म होटलमा २५ प्रतिशत छुट दिने जनाएको छ । हालसम्म ५० होटल छुट योजनामा सहभाग... मंगलबार, असोज ६, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्