• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

स्वर्ग एउटा मिथक हो, नेपाल वास्तविक हो!

डा निर्मल कँडेल मंगलबार, माघ १७, २०७९  ०६:५४
1140x725

‘स्वर्ग मिथक/कल्पना हो, नेपाल वास्तविक हो'  (हेभेन इज ए मीथ, नेपाल इज रियल)’ भन्ने वाक्यांश सन् २०१६ देखि प्रयोगमा हुँदै आएको छ। यद्यपि, सन् २०१९ मा नेपालले नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु गरेपछि यो वाक्यांश लोकप्रिय भयो। धेरै लेखक, पर्यटक, यात्राप्रेमी र ब्लगरहरूले यसलाई उल्लेख गर्दै आएका छन्।

गत वर्षदेखि मैले सामाजिक सञ्जालमा उपलब्ध नेपालका मनमोहक तस्बिरहरू मध्येको एउटा आफ्नो दैनिक ट्विटमा यो वाक्यांश प्रयोग गर्न थालेको हुँ। मेरो नेटवर्कमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु नै यसको मुख्य उद्देश्य हो।

यसबाट अपेक्षित परिणाम भनेको मेरा केही विदेशी साथीहरू र सहकर्मीहरूको ध्यान केन्द्रित गरी नेपालमा आफ्नो बिदा मनाउने योजना बनाउन् भन्ने हो। यसरी हरेक वर्ष दुई/तीन परिवार नेपाल आउने हो भने हाम्रो पर्यटन उद्योगमा सकारात्मक योगदान पुग्नेछ।

Nirmal_Kandel1675054817.jpg
डा निर्मल कँडेल

मैले ट्विट गर्न वर्षमा लगभग १००० मिनेट खर्च गर्नुपर्छ। कल्पना गरौं, यदि २० लाख नेपालीले कम्तीमा एक वा दुई परिवारलाई नेपाल भ्रमण गर्न प्रभाव पार्न सफल भए भने हामीले हरेक वर्ष लगभग ८० देखि १ करोड २० लाखसम्म पर्यटकहरूलाई नेपालतर्फ आकर्षित गर्न सक्छौं र यसले दीर्घकालमा अति तीव्र दरको वृद्धि (स्नोबल प्रभाव) पार्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन।

कोभिड–१९ का कारण धेरै चुनौती सिर्जना भएका छन्, तथापि एक दिन हाम्रो सामूहिक प्रयासले हामी हाम्रो लक्ष्यहरूमा पुग्न सक्छौं। यदि हामीले हाम्रो अर्थतन्त्रमा योगदान गर्न सक्यौं भने, चाहे त्यो एक अंश वा लाखौं नै किन नहोस्, यसले ठूलो फरक पार्न सक्छ।

मैले यस किसिमको पोस्ट गर्न थालेदेखि मैले केही चासो बढेको महसुस गर्दै आएको छु। केही सहकर्मी र साथीहरूले मलाई छिट्टै नेपाल भ्रमण गर्ने योजना रहेको बताए। ‘निर्मल, तिमीले पोस्ट गरेका तस्बिरहरू लोभलाग्दा छन्’, भन्दै धेरैले मलाई भ्रमण गर्नको लागि सबैभन्दा उत्तम महिनाका बारेमा सोधे।

त्यसैले उनीहरू नेपाल भ्रमणमा आउँदा म यसलाई सफल ठान्नेछु। तर, सामाजिक सञ्जालमा केही स्वदेशी मित्रहरूले ‘मिथ’ को अर्थ नबुझी उक्त वाक्यांशको खिल्ली उडाउन थाले।

केहीले खाल्डाखुल्डी, भत्किएका सडकका तस्बिरहरू पोस्ट गरे र ‘के नेपाल स्वर्ग हो?’ भन्ने ट्यागको साथ हिमाल र पहाडको जीवन कष्टकर छ भनेर टिप्पणीहरू पोस्ट गरे। हामीमध्ये धेरैलाई थाहा छ, सामाजिक सञ्जालको बहस कहिलेकाहीँ निरर्थक हुन्छ तर यस्ता सन्देशहरूलाई बेवास्ता गर्नु नै उत्तम समाधान हो।

nimb
nimb
Ncell 2
Ncell 2

कसैले पनि स्वर्ग देखेको छैन भनेर व्याख्या गर्ने केही उत्कृष्ट समर्थन ट्विटहरू मैले भेट्टाएँ। स्वर्ग भनेको के हो हामीलाई थाहा छैन, तर नेपाल वास्तविक हो। ‘वास्तविक वा यथार्थ’ को अर्थ प्राकृतिक हो र पौराणिक होइन। अक्सफोर्डले ‘मिथक’लाई ‘परम्परागत कथा, विशेषगरी मानिसहरूको प्रारम्भिक इतिहास वा प्राकृतिक वा सामाजिक घटनाको व्याख्या गर्ने र सामान्यतया अलौकिक प्राणीहरू वा घटनाहरू समावेश भएको’ अथवा ‘व्यापक रूपमा आयोजित तर गलत विश्वास वा विचार’ को रूपमा परिभाषित गर्दछ।

म हाम्रो देशलाई त्यो परम्परागत कथा र गलत विचारसँग तुलना गर्न चाहन्नँ।

यस लेखमा नेपाल भ्रमण गर्नुको कारणबारे केही उल्लेख गरिएको छैन। तर हामीले विश्वलाई यो हिमालयको देश र बुद्धको जन्मस्थल मात्र नभइ धेरै कुराले सम्पूर्णता भएको भूमि हो भन्ने जानकारी गराउनुपर्छ। यसरी जानकारी दिन सकिने हामीसँग धेरै चिजहरू छन्– उदाहरणका लागि समृद्ध सांस्कृतिक सम्पदा, आदिवासी र जनजातिहरूको विशिष्ट कला, संस्कृति र चाडपर्वहरू, विभिन्न प्रकारका रैथाने र आगन्तुक चरा-चुरुङ्गी र जनावरहरूको विविधतायुक्त भएका वन्यजन्तु आरक्षहरू, परम्परागत खाना र पेय पदार्थहरू, साहसिक खेलहरू (र्‍याफ्टिङ, क्यानोइङ, बाइकिङ, जम्पिङ, प्याराग्लाइडिङ आदि) र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको लागि धार्मिक पर्यटन।

नेपालका प्रत्येक जिल्लामा केही न केही आकर्षण छन् र हामीले तिनको पहिचान, विकास र प्रवर्द्धन गर्न आवश्यक छ।
नेपाल स्वर्ग होइन; यो वास्तविक हो र यसैले हाम्रो पर्यटन अभ्यास र उद्योगहरू वास्तविकतामा विकसित भइरहेका छन्। आजकल हाम्रा पर्यटन उद्यमीहरू पनि आन्तरिक पर्यटकहरूको लागि अनुकूल बन्दै गएका छन्, जुन विगतमा थिएन।

कोभिड–१९ महामारीको एउटा महत्वपूर्ण पक्ष आन्तरिक पर्यटनमा भएको वृद्धि हो। परिणाम स्वरूप आन्तरिक पर्यटकहरूले आफ्नो पर्खालबाहिर पो हरियाली छ भनेर चिन्न थाले। 

हालसालै म आफ्नो परिवारसँग पोखरामा थिएँ र मैले देखेको कुरा कोभिड–१९ अघिको समयभन्दा विल्कुलै फरक थियो, जब पूरै सहर विदेशीले भरिएको थियो। यसपटक, सहर खाली थिएन र त्यहाँ पर्यटकहरू भरिएका थिए, तर लगभग ८० प्रतिशत नेपाली पर्यटकहरू थिए भने केही भारतीय, चिनियाँ र बाँकी विश्वका अन्य मुलुकका थिए।

मैले पर्यटन उद्यमीहरूको व्यवहार र मनोवृत्तिमा आमूल परिवर्तन देखेँ, जो विगतमा आन्तरिक पर्यटकहरूका लागि विरलै मिलनसार र सम्मानपूर्ण व्यवहार गर्ने उनीहरू न्यानो स्वागतयोग्य व्यवहार गर्न थालेका छन्।

तिनीहरूले विदेशीहरूलाई मात्र प्राथमिकता दिएको र धेरै आन्तरिक पर्यटकहरूसँग अशिष्ट व्यवहार गरेको कुरा सम्झनुहोस्। आजकल, शायद पैसाको कुरा होला, आन्तरिक पर्यटकहरूले विदेशीहरूको तुलनामा पर्यटनमा बढी पैसा खर्च गर्छन्। म यस्ता उद्यमीहरूलाई दोष दिन्नँ, तर आन्तरिक पर्यटकहरूले पनि होटल शिष्टाचार कायम राख्न्, पर्यटक सेवाहरूको सम्मान गर्न र पर्यटन स्थलहरूको संरक्षणमा सहयोग गर्न आवश्यक छ।

‘स्वर्ग मिथक हो, नेपाल वास्तविक हो’ भन्ने नारा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि हो। हामीमध्ये धेरैलाई देशका सबै आकर्षणको बारेमा थाहा छैन। आन्तरिक पर्यटकहरूलाई सूचित गर्न र आकर्षित गर्न सक्ने जिल्लाहरू, प्रदेशहरू वा गाउँहरूबाट तस्बिरहरू, घटनाहरू, भिडियोहरू, पूर्वाधारहरू, आकर्षणहरू र लेखहरू आदान प्रदान गर्ने हाम्रो साझा दायित्व हो।

यसले सरकार र पर्यटन उद्योगलाई पर्यटनका लागि आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिन मद्दत गर्न सक्छ।यहाँ धेरै अवसरहरू र आकर्षणहरू छन् जसबाट देशले लाभ उठाउन सक्छ।

चन्द्रागिरि हिल्सको उदाहरण हेरौं जुन कुनै समय धेरैले नचिनेको गन्तव्य थियो। यो अहिले केवलकारका कारण लोकप्रिय गन्तव्य बनेको छ। पर्यटन व्यवसाय विकास भइरहेको छ। हामीले आवश्यक पूर्वाधार र सुविधाहरू विकास गर्न लक्जरी पर्यटनलाई बढावा दिन आवश्यक छ। दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, सहरमा तारे होटलको चेन, होमस्टेहरू, नयाँ पर्यटकीय स्थल, सांस्कृतिक अभ्यास र साहसिक खेल प्रतिबिम्बित गर्ने कार्यक्रमहरू पर्यटन उद्योगका लागि क्रमसः आइरहेका छन्।

हामीले लक्जरी पर्यटनलाई बढावा दिन यी आकर्षण र सेवाहरूको गुणस्तर कायम राख्नुपर्छ, जहाँ पर्यटकहरूले हजारौं डलर खर्च गर्न सक्दछन्। आउनुहोस्, बाँकी विश्वको अन्वेषण गर्नुभन्दा पहिले हामी आफ्नै देशको आकर्षणको अन्वेषण गरौं। हामीले खर्च गर्ने प्रत्येक पैसाले हाम्रो स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।

डा कँडेल स्विट्जरल्याण्डको जेनेभामा कार्यरत मेडिकल इपिडेमोलोजिस्ट तथा मानवशास्त्री हुन्। यो लेख गजेन्द्र बुढाथोकीले अनुवाद गरेका हुन्।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्