• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

आईसीयूमा प्रेमप्रसादले भने- तोसिमाजी म बाँच्न चाहन्छु

डा तोसिमा कार्की शुक्रबार, माघ १३, २०७९  १०:१७
1140x725

राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उहाँका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उहाँका बोली सधैँको लागि रोकिनु अगावै... म उहाँलाई भेट्न पुगेको थिएँ। भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ। धन्न मैले ढिला गरिनछु...।

मेरा आदरणीय प्रिय मतदाताहरु,
मैले तपाईंहरुको मत र विश्वासमाथि आँच आउने काम गरेकी छैन र गर्ने पनि छैन। हामी भेट्न गएको प्रक्रिया/विधिहरुलाई लिएर धेरै प्रश्न उठेकाले साथै केही साथीले नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत दिनुभएको रहेछ। त्यसैले जनताको प्रश्नको जवाफ दिन आवश्यक ठानेर यो लेख्दैछु...।

त्यो घटना सुन्नेबित्तिकै मैले उहाँको उपचारमा संलग्न डाक्टरलाई फोन गरेँ। उहाँ अझ होसमै हुनुभएको थाहा पाएपछि मैले म भित्रको मानवलाई रोक्न सकिनँ। ‘म उहाँलाई भेट्न आउँछु है’ भनी जानकारी दिएँ। बाटोमा जाँदाजाँदै समेत ड्युटीमा खटिनुभएका डाक्टरलाई फोन गरी स्वास्थ्य स्थिति बुझिरहेको थिएँ। पुग्नेबित्तिकै ड्युटीमा खटिनुभएका डाक्टर मलाई आईसीयूको ढोकासम्म लिन आउनुभयो। त्यो संवेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैंले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानिटाइजरले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु। कसले भिडियो लिनुभएको थियो कृपया पूरा भिडियो छ भने हेर्नुहोला। मैले बिरामी छुनुअघि र पछि दुवै पटक हातमा स्यानिटाइजर लगाएको छु।

म आफैँ लाइसेन्स्‌ड जनरल सर्जन, बर्नका बिरामीहरु म आफैँले पनि हेर्ने गरेको कारण, मैले बुझेको थिएँ ८० प्रतिशतभन्दा बढी बर्न भइसकेको अवस्थामा उहाँलाई बचाउन अब कुनै चमत्कार भए मात्र सम्भव थियो। तर धन्न मैले उहाँको होस नगुम्दै भेट्न भ्याए। आँखा खोल्नुस् त भन्दा आँखा खोल्नुभयो र तोसिमाजी तपाईंलाई म चिन्छु, देखिराछु भन्नुभयो। जिब्रो देखाउनुस् त भन्दा जिब्रो देखाउनुभयो। यो प्रक्रिया बिरामीको होस कत्तिको छ/छैन चेक गर्ने विधि हो। उहाँले भनेजसो गर्नुभयो र दोहोरो कुरा पनि गर्नुभयो। अर्थात् त्यसबेलासम्म उहाँ पुरा होसमा हुनुहुन्थ्यो। राज्य छ नि, हामी थियौँ नि, किन यस्तो गर्नुभयो दाजु भन्दै गर्दा उहाँले थप केही भन्नुभयो।

१) रवि सरलाई भनिदिनुस् है- मैले भनिदिएँ।

२) धेरै पोलिराछ पेन किलर थप्न भनिदिनुस् न, मैले ड्युटी डाक्टरलाई पेन किलर थपिदिनु है भनें।

र, तेस्रो कुरा उहाँले उनले मलाई यसो भन्नुभयो-
३) ‘बरु मलाई अर्को अस्पताल लानुस् न ,म बाँच्न चाहन्छु’...
म स्तब्ध भएँ। ढिलो भइसकेको थियो।

यसको उत्तर मसँग थिएन किनकि म आफैँ डाक्टर भएकोले थाहा थियो उहाँसँग अब केही क्षण मात्र बाँकी छ। म स्तब्ध भएँ। आङ जिरिङ्ग भयो। ‘लामो लामो श्वास फेर्नुस् है। नआत्तिनुस् है डाक्‌साबहरुले एकदम राम्रो उपचार गर्नुहुन्छ भनेर म निस्किएँ।’

nimb
nimb

फेरि मैले अस्पतालका प्रमुख डाक्टर शङ्करमान राईलाई फोन गरे, डाक्साब उहाँको उपचारमा कुनै कसर बाँकी नछोड्नु है। बरु केही परे सहयोग माग्नुहोला। म भोलि बिहान ८ बजे उहाँलाई भेट्न पुन: आउनेछु। यति भनी अस्पतालबाट निस्किएँ। उहाँले मसँग अन्तिम बोलेको बोली ‘म बाँच्न चाहन्छु’ मेरो मानसपटलमा घुमिरह्यो। म उहाँको लागि जीवनको दुवा माग्दै अबेर घर पुगेँ। भोलिपल्ट बिहान ६:३० बजे नै मैले अस्पताल प्रमुख डाक्टरलाई फोन गरी बिरामी कस्तो हुनुहुन्छ सोधेँ। भर्खरै बित्नुभयो भन्नुभो ...। मैले केही बोल्न सकिनँ। फोन राखिदिएँ। पुन: कल ब्याक गरेँ। ‘डाक्साब ती बिरामीको सम्पूर्ण उपचार खर्च हाम्रो तर्फबाट नि:शुल्क गरिदिनुस् है’ भने...।

आत्मदाह गरेका प्रेम आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझ्नेबित्तिकै म भित्रको मानव उहाँलाई भेट्न नगई बस्न सकिनँ। म भित्रको शल्यचिकित्सक उहाँको स्वास्थ्य स्थिति, उहाँको चेत र उहाँको बाँच्ने सम्भावनालाई नबुझी बस्न सकिनँ। र, म भित्रको ‘राज्य प्रतिनिधि’ जीवनबाट आजित भएर जीवन त्याग्दै गरेको यही देशको नागरिकलाई अन्तिम घडीमै पुगे पनि नआत्तिनुस् है, नडराउनुस् है, राज्य छ नि नभनी बस्न सकिनँ।

रह्यो कुरा आईसीयू प्रोटोकल फलो गरेन भन्ने आरोप। म आफू नै जनरल सर्जन हुँ, जो विगतमा बर्न सम्बन्धीकै बिरामीहरु पनि हेर्ने गरेको छु।

८० प्रतिशतभन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन। मेरो हातमा केही थिएन। मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श। आत्मीयता र अन्तिम घडीमै भए पनि थोरै आत्मबल। सायद त्यसैले होला एक छिनपछि, उहाँले मलाई भन्नुभयो, ‘तोसिमाजी, यहाँ हुन्न भने अर्को अस्पताल लानुस्। म बाँच्न चाहन्छु।’ मैले उहाँलाई नडराउनुस् है। नआत्तिनुस् है। लामो लामो सास फेर्नु है। अक्सिजन शरीरमा जानुपर्छ भन्दा उहाँले ‘हस्’ भन्नुभयो। त्यसबेला उहाँ भेन्टिलेटरमा हुनुहुन्थेन तर फुल १० लिटर अक्सिजन मास्कमार्फत दिइरहेको थियो। अझ अचम्म लाग्दो कुरो त, दुखाइले दायाँ फर्केर निहुरिएर सुतिरहनुभएको थियो। मैले दायाँबाटै भेटें। सुन्निइसकेको आँखाले पनि मलाई हेर्न खोज्दै दोहोरो कुराकानी गर्नुभयो। त्यसपछि म एकछिन उपचार गर्नुहुने डाक्साबसँग कुरा गरेर फेरि उहाँलाई हेर्न आउँदा उहाँको बायाँपट्टि उभिएर कुरा गरेँ। उहाँले मलाई नदेखेर आफैँ शरीरको पोजिसन फेरेर सिधा हुनुभयो र मसँग थप दोहोरो कुराकानी गर्नुभयो। मैले उहाँको शरीरको घाउहरु हेरें। उहाँको ब्लाङ्केट मिलाइदिए। अनि उहाँलाई थोरै ढाडस दिँदै उहाँको लागि थप केही गर्न नसक्ने ‘अशक्त म’ आईसीयूबाट निस्किएँ।

म डाक्टर भएको नाताले उहाँको अभिभावकलाई पनि उहाँको गम्भीर स्थितिबारे बुझाएर भोलि बिहानसम्म जे पनि हुन सक्ने भएकोले तुरुन्तै उहाँको श्रीमतीलाई बोलाइहाल्नुस् है भने। र यहाँको उपचार खर्च चिन्ता नलिनुस् है भनेर थप केही बोल्न नसकी म त्यहाँबाट पनि निस्किएँ।

हो, एउटा नागरिकले उठाएको प्रश्नहरुको जवाफसहित राज्यले उसलाई भेट्न जाने प्रक्रिया निकै लामो हुन्थ्यो होला, अबेर भइसक्थ्यो होला। तर जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई, तर म आफू पनि शल्य चिकित्सकको नाताले आईसीयूमा भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन। त्यसैले उपचारमा संलग्न डाक्टरहरुको टिमको अनुमति लिई सामान्य आईसीयू प्रोटोकल समेत पालन गरेर गाउन, मास्क, क्याप र स्यानिटाइजर प्रयोग गरी भेटेको थिएँ। फेरि पनि भन्दैछु, सुन्ने बित्तिकै गइहाले। धन्न भेट्न भ्याएछु...।

रह्यो कुरा आईसीयूभित्र फोटो खिचेर प्रचार गर्‍यो भन्ने आरोप:
खबर सुन्नेबित्तिकै हतारहतार म र मेरो स्वकीय मात्र गएका थियौँ। हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आईसीयूसम्म पुर्‍याउन आउनुभयो। ड्यूटीको डाक्टर भने आईसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो। अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात् त्यहाँभित्र को कसलाई छिर्न दिइयो, को-को छिर्‍यो, को छिरेन, को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौँ। यदि मिडियाबाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला। दिनरात उपचारमा खटिनु भई प्रेम आचार्यलाई बचाउन भरमग्दुर प्रयास गर्नु भई नि:शुल्क उपचार गर्दिनुहुने कीर्तिपुर अस्पताल टिमलाई धन्यवाद दिन चाहन्छु।

रह्यो कुरा किन भेट्न गयो भन्ने ?
१) किनकि म भित्रको सचेत मानवले भेट्न जाउ भन्यो।
२) किनकि म भित्रको संवेदनशील डाक्टरले हेर्न जाउ भम्यो। 
३) किनकि म भित्रको जवाफदेही सरकारले ‘जा अहिले भए पनि गएर राज्य छ’ भन्ने अनुभूति दिला भन्यो। माफ गर्नुहोस् मलाई। धेरै कुरा अझै सिक्दैछु, बुझ्दैछु,अध्य्यन गर्दैछु, गल्ती गरेको भएको भए सच्याउनेछु। तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैँ सम्झिरहनेछ... किनकि उहाँ अस्ताउनुअघि नयाँ बनेको सरकारको प्रतिनिधि आफैँले भेटेर ‘हामी छौँ नि’ भन्दै गर्दा उहाँले ‘म बाँच्न चाहन्छु’ भन्नुभयो। यी उहाँका अन्तिम वाक्यले यो सरकारलाई र मलाई पनि सधैँसधैँ जनताप्रति उत्तरदायी हुन घच्‌घच्याइरहनेछन्। 

अन्त्यमा अनुरोध हजुरहरु सबैलाई, ज्यान गुमाइसकेका व्यक्तिको मृत्युमाथि यसरी राजनीति नगरौँ। आत्मदाह गरेका उहाँलाई मृत्युको मुखमा कसले पञ्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयंले उठाउन खोज्नुभएको, सोध्न खोज्नुभएको तमाम प्रश्नहरुको जवाफ खोज्ने बहसलाई ओझेलमा नपारौँ। उहाँ जस्ता नेपाली युवाहरु किन त्यो कदम चाल्न बाध्य हुनुभयो? अर्थतन्त्रको चक्रब्यूहले युवाहरुलाई किन यसरी गिजोलिरहेको छ? राज्यले किन आफ्ना नागरिकहरुलाई अभिभावकत्व महसुस गराउन सकिरहेको छैन? यसका समाधान के हुन सक्लान्?  हामीले बचाउन नसकेको प्रेम आचार्यको मृत्युमाथि राजनीति गर्नु साटो अरु हजारौँ प्रेम आचार्यहरुलाई आत्महत्या र आत्मदाह गर्नबाट कसरी बचाउन सकिन्छ। मानसिक स्वास्थ्यको के छ वस्तुस्थिति? आउनुस् न त्यो बहस गरौँ। यसप्रति हामी स्वास्थ्य मन्त्रालय र म स्वयं पनि गम्भीर आभ्यासमा लाग्नेछु र हजुरहरु सबैबाट सक्दो हातेमालो, सहयोग सुझाव र सहभागिताको लागि पनि अनुरोधसहित हार्दिक श्रद्धाञ्जली प्रेम आचार्यमा।


संघीय संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको उपचार चलिरहँदा प्रोटोकल फलो नगरी आईसीयूमा छिरेको र क्यामेराम्यान समेत लगेर भिडियो खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले दिएको स्पष्टीकरण। डा कार्कीकै सामाजिक सञ्जालबाट।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्