काठमाडौं– धीरज मगर अभिनित सिनेमा ‘ज्याकी: आइएम ट्वान्टी वानको औपचारिक घोषणा गरिएको छ।
बिहीबार आइकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै घोषणा गरिएको हो।
रेनशा राई राणाले निर्देशन गरेको सिनेमाको शीर्षक ‘आइएम ट्वान्टी वान’थियो। लक्षित उमेर समूहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शीर्षकमा ‘ज्याकी’थपिएको निर्देशक राणाले जानकारी दिइन्।
भिडियोमा धीरज ज्याकीको भूमिकामा रहने प्रष्ट पारिएको छ। सिनेमामा धीरजसँगै जसिता गुरुङ र अरुण क्षेत्री पनि मुख्य भूमिकामा छन्। निर्माण पक्ष चाँडै नै फस्टलुक सार्वजनिक गर्ने तयारीमा छ।
सुसन प्रजापतिको छायांकन रहेको सिनेमामा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत छ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको सिनेमा वैशाख २१ मा रिलिज हुने तयारीमा छ। तर यो आधिकारिक घोषणा हैन।
कोरोना महामारीको समयमा छायांकन गरिएको ‘ज्याकी: आइएम ट्वान्टी वान’रेनशाको दोस्रो निर्देशकीय सिनेमा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।