काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने भएको छ।
बुधबार राजधानीमा आयोजकमार्फत् महोत्सवबारे जानकारी गराइएको हो।
महोत्सवमा ५५ देशका ५ सय भन्दा बढी फिल्मका आवेदन प्राप्त भएका थिए। तीमध्येबाट छानिएका ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मलाई सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ।
यस पटकबाट निफमा छानिएका फिल्म क्यूएफएक्स हलहरूमा प्रदर्शन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।