काठमाडौं– म्यानचेस्टर युनाइटेड इंग्लिस लिग कपको फाइनल नजिक पुगेको छ। सेमिफाइनलको पहिलो लेगमा नटिङहम फरेस्टलाई ठूलो अन्तरले हराउँदै युनाइटेड फाइनल नजिक पुगेको हो।
युनाइटेडले नटिङहममाथि ३–० को जित निकाल्यो। युनाइटेडको जितमा मार्कुस रास्फोर्ड, वाउट वेघोरस्ट र बुर्नो फर्नान्डेसले एक–एक गोल गरे।
खेलको छैठौं मिनेटमा क्यासेमिरोको पासमा रास्फोर्डले सुरुवाती गोल गरेका थिए। दोस्रो गोल ४५ औं मिनेटमा वेघोरस्टले गोल गरे। ८९ औं मिनेटमा एन्टोनीको पासमा फर्नान्डेसले गोल गरे।
अवे मैदानमा ३–० को जित निकालेको युनाइडेट फाइनल नजिक पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।