काठमाडौं– ओसासुना स्पेनिस ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा सेभिल्लालाई हराउँदै ओसासुन सेमिफाइनलमा प्रवेश गरेको हो। 
खेलको निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो। अतिरिक्त समयमा थप १ गोल गर्दै आसोसासुन सेभिल्लालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलेको ७१ औं मिनेटमा एजेकिएल अविलाले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए। तर युसुफ एन–नेसरीले ९० मिनेटपछि थप गरिएको समयको ९४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यसपछि थप गरिएको ३० औं मिनेटको खेलमा ९९ औं मिनेटमा आब्दे एज्जालजौलीले गोल गरेका थिए। उक्त गोल नै निर्णाय बन्दा ओसासुन सेमिफाइनल प्रवेश गरेको हो।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।