काठमाडौं– बार्सिलोना स्पेनिस ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलको खेलमा रियल सोसिडाडलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना सेमिफाइनल प्रवेश गरेको हो।
बार्सिलोनाका उसमान डेम्बेलेले गरेको एक मात्र गोल निर्णायक बन्यो। खेलको ५२ औं मिनेटमा जुलस कुन्डेले दिएको पासमा डेम्बेलेले गोल गरेका थिए। बाँकी समय दुवै पक्षबाट गोल हुन नसकेपछि खेल १–० मा सकिएको थियो।
यता सोडिडाड भने पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा सिमित भएको थियो। बेरिस मेन्डेजले सर्जियो बुस्केटललाई खराब फउल गरेपछि भारमार्फत् मेन्डेजलाई रातो कार्ड दिइएको थियो। त्यसपछि सोसिडाड १० खेलाडीमा सिमित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।