• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उप–प्रधानमन्त्री र राज्यमन्त्रीले राज्यलाई अनावश्यक आर्थिक भार

64x64
ईश्वर बराल बिहीबार, माघ १२, २०७९  १७:०४
1140x725

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना उप–प्रधानमन्त्री बनाउँदा चर्को विरोध गर्नेमा पर्थे त्यतिबेला सञ्चारकर्मी रहेका रवि लामिछाने। लामिछाने पत्रकारिता छाडेर राजनीतिमा आएको एक हिउँद पूरा नहुँदै वर्तमान सरकारमा शक्तिशाली मन्त्रालयसहित उप–प्रधानमन्त्री बनेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका ४ उप–प्रधानमन्त्री मध्येका लामिछाने एक हुन्। 

लामिछानेसहित माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेबाट विष्णु पौडेल र राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन उप–प्रधानमन्त्री छन्।

देशमा आर्थिक संकट बढ्दै गएकोले मितव्ययी बन्ने उद्घोष गरेका वर्तमान सत्ता साझेदार दलका नेताहरुले आफ्नै बोली खण्डन हुनेगरी अनावश्यक रुपमा उप–प्रधानमन्त्री र राज्यमन्त्री नियुक्त गरेका छन्। उक्त पदहरुले राज्यलाई अनावश्यक आर्थिक भार सिर्जना गरेको छ। वर्तमान सरकारमा सुशिला सिर्पाली ठकुरी, डा. तोसिमा कार्की र दिपक बहादुर सिंह राज्यमन्त्री रहेका छन्।

उप–प्रधानमन्त्री लामिछानेले गत शनिबार संसद्‌बाट बाहिरेने क्रममा संचारकर्मीसँग प्रोटकललाई मिलाउन उप–प्रधानमन्त्री पद सिर्जना गरिएको बताएका थिए। त्यसले राज्यलाई भार थप्ने विषयलाई भने अस्विकार गर्दै त्यस्तो भए हटाउने उनको भनाइ थियो। 

लामिछानेले ‘उप’ हटाउन आफू सकारात्मक रहेको पनि जनाएका थिए। ‘सुरुवातमा जसरी सत्ताको समीकरण बन्दै थियो त्यसमा दलहरु थपिँदै गएपछि भएका कुराहरु हुन्। यसले राज्यलाई थप भार पार्नेभन्दा पनि एउटा प्रोटकलका रुपमा गर्ने भन्ने सहमति भएको हो। सबैजनाको हटाउने भए पनि उप सबैभन्दा पहिला मेरो हटाए केही फरक पर्दैन भनेको छु,’ लामिछानेले भने, ‘एउटा अभ्यास हो। सेवा, सुविधाहरुलाई कटौती गर्छौँ। त्यसलाई भार नपर्ने बनाउँछौँ।’

लामिछानेले राज्यलाई भार परेमा ‘कटौती’ गर्ने बताए पनि त्यसका लागि अर्थ मन्त्रालयले प्रस्ताव लैजानुपर्ने र मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गर्नुपर्ने हुन्छ। लामिछाने सकारात्मक रहेको बताए पनि मन्त्रिपरिषद्का अन्य सदस्यले सहमति नजनाए उक्त प्रस्ताव अघि बढ्न सक्दैन। 

नेपाल सरकारका प्रधानमन्त्री, उप–प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री कति हुन्छ पारिश्रमिक र अन्य सुविधा?
कार्य सञ्चालन निर्देशिका २०७७ अनुसार प्रधानमन्त्री, उप–प्रधानमन्त्री र मन्त्रीहरुको सेवा सुविधा र पारिश्रमिक निर्धारण गरिएको छ। 

प्रधानमन्त्रीको पारिश्रमिक र सेवा सुविधाः
प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७ हजार २८० रुपैयाँ रहेको छ। त्यस्तै, महंगी भत्ता २ हजार, इन्धन (पेट्रोल) मासिक ३०६ लिटर र मोविल वार्षिक ४० लिटर, सञ्चार सुविधा मासिक ५ हजार, मासिक मसलन्द तथा अतिथि सत्कार १० हजार, दैनिक भ्रमण भत्ता प्रतिदिन ३ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्रधानमन्त्रीको सचिवालयमा ३५ सदस्य रहनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

उप–प्रधानमन्त्रीको पारिश्रमिक र सेवा सुविधाः
उप–प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७५ हजार ६४०, महँगी भत्ता २ हजार, पेट्रोल ३०६ लिटर, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार ४ हजार र दैनिक भत्ता ३ हजार रहने छ। र सचिवालयमा ८ जनासम्म राख्न सक्छन्। 

मन्त्री तथा राज्यमन्त्रीहरुको सेवा सुविधाः
मन्त्रीहरुको मासिक पारिश्रमिक ७० हजार ७३० रुपैयाँ छ। महंगी भत्ता २ हजार, पेट्रोल मासिक २०७ लिटर, सञ्चार सुविधा मासिक ३ हजार, अतिथि सत्कार ३ हजार ५००, र दैनिक भत्ता ३ हजार रहेको छ। त्यस्तै, सचिवालयमा ७ जना सम्म रहने छन्।

यस्तै, राज्यमन्त्रीको मासिक पारिश्रमिक ६७ हजार ३०, महंगी भत्ता २ हजार, पेट्रोल मासिक २०० लिटर, सञ्चार ३ हजार, अतिथि सत्कार ३ हजार र दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ रहने व्यवस्था छ। र सचिवालयमा ७ जनासम्म रहन सक्छन्।

त्यस्तै, सहायक मन्त्रीको लागि पारिश्रमिक ६५ हजार ५३०, महंगी भत्ता २ हजार, पेट्रोल मासिक १८० लिटर, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार २ हजार ५०० र दैनिक भ्रमण भत्ता ३ हजार रहेको छ। र सचिवालयमा ७ जनासम्म रहन सक्छन्।

कति हुन्छ त राज्यलाई थप आर्थिक भार?
उपप्रधानमन्त्रीको सचिवालयमा सहसचिव स्तर कर्मचारीको नेतृत्व रहेको हुन्छ। तर मन्त्रीको सचिवालयमा भने उपसचिव नेतृत्वको सचिवालय रहेको हुन्छ। 

४ जना उपप्रधानमन्त्री पदले मात्र राज्यलाई बार्षिक करिब ६० लाख भन्दा ज्यादा अतिरिक्त आर्थिक भार थपिन जान्छ। 

यस्तै वर्तमान सरकारमा ३ जना राज्यमन्त्री छन्। राज्यमन्त्रीलाई मात्र विशेष अधिकार प्रत्योजन गरिएको हुन्न। उसको काम मन्त्रीलाई सहयोग गर्ने हो। त्यसो त राज्यमन्त्री मन्त्रिपरिषद्को वैठकमा समेत बस्न पाउँदैन। 

राज्यमन्त्रीको सचिवालयको नेतृत्व पनि उपसचिव स्तरको कर्मचारीले गरेको हुन्छ। वर्तमान ३ राज्यमन्त्री र सचिवालयलाई राज्यले बार्षिक १ करोढ ५० लाख भन्दा ज्यादा खर्च गर्नु पर्ने हुन्छ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्