काठमाडौं– फिल्म निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ।
पारिवारिक कथामाथि बनेको फिल्ममा कलाकार विपीन कार्की र अरुणा कार्कीको मुख्य अभिनय रहेको छ। फिल्ममा विपीन र अरुणा बा–आमाकको भूमिकामा छन्।
पारिवारिक मनमुटाव र छोरा बुहारीले बा आमालाई गरेको बेवास्ता ट्रेलरमा देख्न सकिन्छ। फिल्ममा विपीन र अरुणासँगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी सिंह भण्डारी लगायतको अभिनय छ।
फिल्ममा कालीप्रसाद बास्कोटा र अनुपम शर्माले संगीत दिएका छन्। कमल किशोर मलपानीको कथा रहेको फिल्मलाई कवि उपेन्द्र सुब्बाले लेखेका छन्। फिल्ममा मनिष ढकाल निर्माता रहेका छन्।
फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।