काठमाडौं– अघिल्लो दिन (मंगलबार) कीर्तिमानी मूल्यमा किनबेच भएको पहेँलो धातु (सुन)को मूल्य आज (बुधबार) भने सामान्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन (मंगलबार) भने सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन। बुधबार पनि मंगलबारको जस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।