काठमाडौं– नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बाजुरामा मंगलबार अपराह्न गएको भूकम्पले गराएको क्षतिका बारेमा सत्यतथ्य बुझेर संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। संसद् पाण्डेले उक्त विषयमा सभामुखको रुलिङ पनि माग गरेका छन्।
पाण्डे बाजुराबाट निर्वाचित सांसद् हुन्। उनी कांग्रेसका सहमहामन्त्री पनि हुन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पाण्डेले उक्त माग गरेका हुन्।
‘प्रतिनिधि सभाको बैठक चलिँहदा बाजुराको स्वामीकार्तिक गाउँपालिकाको मेला भन्ने ठाउँ जो कालीकोटको नजिक पर्छ, त्यसलाई केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको छ। क्षतिको विवरण आउन काँकी छ। म सम्मनीय सभामुखमार्फत् आग्रह गर्न चाहान्छु सरकारले यस विषयमा जानकारी लिएर संसद्लाई के–कस्तो क्षति भएको छ जानकारी गराउन आग्रह गर्छु। त्यसका लागि म सम्माननीय सभामुख ज्यूको रुलिङको अपेक्षा गर्छु,’ सांसद पाण्डेले भने।
बाजुरामा मंगलबार २ बजेर ४३ मिनेटमा ५.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पका कारण के–कति क्षति भएको भन्ने यकीन विवरण प्राप्त भइसकेको छैन।
बाजुरा र बझाङका केही ठाउँमा घरहरु भत्किएका विवरण प्राप्त भएको छ। यस्तै, बाजुराको गौमुल गाउँपालिकामा पहिरो जाँदा ४० भेडाहरु पुरिएको विवरण प्राप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।