बाजुरा– भूकम्पको धक्काले बाजुराको गौमुल गाउँपालिका सबैजसो वडामा क्षति पुगेको पालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन्। घर भत्किँदा केही घाइते समेत भएको उनले बताए।
उनले भने, ‘आजको भूकम्बाट गौमुल गाउँपालिकाका सबैजसो वडामा घरहरु भत्किएका छन्। केही मान्छेहरु सख्त घाइते भएका छन्।’
यसैगरी गौमुल वडा नम्बर १ मा पहिरो जाँदा ४० देखि ५० भेडा पुरिएको उनले बताए। स्थानीय सहयोगमा उद्धार प्रयास भइरहेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।