काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सम्हालेको मन्त्रालय प्रणालीगत सुधारमा लागि रहेकोले छिट्टै परिणाम देखिन थाल्ने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै लामिछानेले उक्त कुरा बताएका हुन्।
‘राज्यका संयन्त्रलाई प्रणालीगत सुधारका लागि हामी निरन्तर लागि रहेका छौँ। विशेषगरी, गृह मन्त्रालय प्रणाली सुधारमा निरन्तर लागि रहेको छ। यसले चाँडै नै परिणाम देखाउन थाल्ने छ। एउटा, दुईवटा मात्र लिएर म टिप्पणी गरिरहेको छैन। राज्यका संयन्त्रहरुलाई हिजो चलाएजस्तो अब चलाउन छोडिदिनुहोस् आधा काम सहज हुने छ,’ गृहमन्त्री लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।