काठमाडौं– संसद् भवन नयाँ बानेश्वर परिसरभित्र रहेको क्यान्टिनमा सांसदहरूका लागि छुट्टै खाजा खाने ठाउँको व्यवस्था गरिएको छ।

सांसदहरूले संसद् सचिवालयमा गुनासो गरेपछि क्यान्टिन व्यवस्थापनले छुटै खाजा खाने ठाउँको व्यवस्था गरेको छ। क्यान्टिनमा बार लगाएर सांसदहरूका लागि बेग्लै ठाउँको व्यवस्था गरिएको हो।
सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरूलाई भने सांसदहरूको कक्षमा जान रोक लगाइएको छ। उनीहरूका लागि बेग्लै ठाउँ बनाइएको छ।

संसद्को क्यान्टिनमा ठूलो हल छ। उक्त हल बारेर सांसदका लागि बेग्लै ठाउँ बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।